विद्यार्थीको प्रतिभा तिखार्न र व्यवहारिक ज्ञानका लागि लर्ड बुद्धको नयाँ प्रयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 01:20:20 PM मा प्रकाशित

laxmi  sunrise bank
लर्डबुद्ध एजुकेशन फाउण्डेशनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरेको छ । यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकता सहित, उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजले जनाएको छ ।

कलेजका अनुसार यो उत्सवमा विद्यार्थीले योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए । यसपालाको विन्टर फेष्टले विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको कलेजले जनाएको छ । विन्टर फेष्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ ।

कलेजका अनुसार कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माण लगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । यो कार्यक्रमले, विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सीप प्रदान गरेको लर्डबुद्ध एजुकेशन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले जानकारी दिए ।

कार्यक्रमले स्टेज सजावटदेखि विक्रेता चयन, बिलिङ र कारोबारका अरू तत्त्वहरूको लागत जुटाउनका लागि पनि सहयोग गरेको कलेजले जनाएको छ । यो कार्यक्रममा विद्यार्थी आफैँले, स्टेज सजावटको लागि पक्षसँग वार्ता, सम्झौता, गुणस्तरीय खाना विक्रेता सुनिश्चित गर्ने र पुरस्कार र उपहारका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरेको कलेजले जनाएको छ। यस्तो अन्तरक्रियाले विद्यार्थीको सञ्चार र वार्तालाप कौशल बढाउने कलेजको भनाइ छ । 

विन्टर फेष्टमा विद्यार्थी आफैँले नृत्य प्रदर्शन, साङ्गीतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार, खेलकुद र रोमाञ्चक पुरस्कार सहित विभिन्न गतिविधि सम्पन्न गरेका छन् । यस्ता कार्यक्रमले, विद्यार्थीको रचनात्मकतासँगै सामूहिक भावना, व्यावहारिक ज्ञान र अनुभव सँगाल्दै उद्यमशीलताको संस्कृतिलाई बढवा दिएको कलेजले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved