विद्यार्थीलाई बचत गर्न सिकाउँदै फेदीखोला गाउँपालिका

नारायण प्रसाद कोइराला

नारायण प्रसाद कोइराला

Jan 31, 2024 | 06:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीहरूको बचत खाता अभियान सुरू गरेको छ। "बचत गर्ने बानीको सुधार, बालबालिकाको सुनौलो भविष्यको आधार"  भन्ने नारा सहित प्रत्येक विद्यार्थीको बैंक  खाता खोल्ने अभियान वडा नं २ को सिद्धार्थ माध्यमिक विद्यालयबाट सुरू गरिएको हो।

सानैदेखि वित्तीय चेतना अभिवृद्धि , बचत गर्ने बानीको विकास र उद्यमशीलता प्रवर्धन गरी आत्मनिर्भर बनाउने उद्देश्य सहित विद्यार्थीहरूको बचत खाता खोल्ने अभियान सुरू गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बिजपाटीलाई बताए। 

प्राइम कमर्सीयल बैङ्क सँगको सहकार्यमा  फेदीखोला गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बचत खाता खोलिने अध्यक्ष सुवेदीले जानकारी दिए। बैंक र  पालिकाले बचत खाता अभियानलाई प्रभावकारी बनाउन र उत्प्रेरित गर्न आवश्यक सबै कार्यमा सहकार्य गर्नेछन्। जसअन्तर्गत बालबिकास देखि १२ कक्षासम्म पढ्ने  २ हजार ५९ जना विद्यार्थीको निशुल्क खाता संचालन गरिनेछ।

यसका लागि पालिकाले ३ लाख ६० हजार रकम छुट्याएको पालिकाको शिक्षा शाखाले जनाएको छ।खाता संचालनका लागि बैंकका कर्मचारी नै विद्यालयमा पुग्नेछ्न् । हरेक विद्यार्थीको खातामा पालिकाले १ सय रूपैयाँ र बैंकले १ सय रूपैयाँ   जम्मा गरिदिने व्यवस्था मिलाइएको छ।फेदीखोला गाउँपालिकाले  बचत खाता कार्यविधी राजपत्रमा प्रकाशित गर्दै यो अभियान शुरु गरेको हो । यो कार्यक्रम लागूभएसँगै विद्यार्थीले पाउने पुरस्कार, छात्रवृति, अक्षयकोष लगायतको सहयोग रकम विद्यालयले  सिधै विद्यार्थीको खातामा जम्मा गर्नेछ्न् ।अभिभावकहरूलाई पनि आफूले सक्दो रकम मासिक रूपमा आफ्ना बालबालिकाको खातामा जम्मा गर्न अनुरोध गरिएको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरूङले जानकारी दिए।

प्राइम कर्मसियल बैंकका प्रादेशिक प्रमुख सुर्यप्रसाद तिवारीले गाउँपालिकाले गरेको नमुना कार्यक्रमले विद्यार्थीहरूमा बचतको महत्त्व बढाउने हुनाले जीवनस्तर नै परिवर्तन गरिदिने विश्वास व्यक्त गरे । बैंकले विद्यार्थीको खातासँगै गाउँपालिकामा वित्तिय साझेदारीलाई पनि अगाडि बढाउने उनको  भनाई छ ।

"साझेदारीमा विद्यार्थी बचत खाता संचालन कार्यविधि -२०८०" राजपत्रमा प्रकाशित गर्दै विद्यार्थीको खाता निशुल्क खोलिने भएको हो । आफ्ना सन्ततीको भविष्यको जोखिम कम गर्न अभिभावकले पनि दायित्वस्वरुप मासिक न्युनतम एक सय रुपैँया विद्यार्थीको खातामा राख्ने नियम लागू गरिएको छ । यो अभियानले आफ्ना बच्चाको उच्च शिक्षालाइ राहत पुग्ने अभिभावकको विश्वास छ । ७ सय १५ जना विद्यार्थी भएको  सिद्धार्थ मा.वि. बाट सुरू गरिएको बचत कार्यक्रम क्रमिक रुपमा यहाँका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved