ब्रिटिस काउन्सिलको 'एजुकेसन सिम्पोसियम' सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 08:46:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटिस काउन्सिल नेपालले सातौँ 'एजुकेसन सिम्पोसियम'को आयोजना गरेको छ । सोमबार काठमाडौँमा 'शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास' शीर्षकमा उक्त सिम्पोसियम (सङ्गोष्ठी)को आयोजना गरिएको थियो ।

समहरोमा समावेशी शिक्षा,  कलामार्फत सृजनशील शिक्षाको मूल्याङ्कनका लागि शिक्षणका अभ्यासहरूमा प्रविधिको समायोजनलगायतका विविध विषयमा सिम्पोसियममा परिचर्चा भएको काउन्सिलले जनाएको छ । यस्तै'विद्यालय शिक्षा क्षेत्र योजना'ले गुणस्तरीय विद्यालय शिक्षा र हरेक बालबालिकाका लागि न्यूनतम सिकाई उपलब्धि सुनिश्चित गर्न शिक्षकहरूको विकास तुरुन्तै गर्न आवश्यक भएको उल्लेख गरेको छ । 

सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलहरूका बारेमा छलफल भएको थियो ।

कार्यक्रमको उद्‌घाटनका क्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिक्षाका लागि विश्वव्यापी साझेदारी जीपीई लगायत कार्यक्रमहरू मार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकाङ्कहरू हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन मुख्य सहयोगीका रूपमा ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको बतए । 

यसैगरी काउन्सिलका नेपालको कन्ट्री निर्देशक शाहिदा म्याक्डोगलले २०३० सम्ममा मध्य आय भएको देशमा स्तरोन्नति हुने लक्ष्य लिएको नेपालले शैक्षिक सुधारको महत्वलाई राम्ररी बुझेको बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved