अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा ६६ अर्ब बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 03:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा चालु आर्थिक वर्षको ७ महिनामा करिब ६६ अर्ब रुपैयाँ बाहिरिएको छ । यो अवधिमा अध्ययनका लागि विदेश जाँदा ६६ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोहि अवधिमा शिक्षतर्फ ४३ अर्ब ७४ करोड बाहिरिएको थियो । 

समीक्षा अवधिमा खुद सेवा आय रु. ३७ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.४४ अर्ब ३६ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.५ प्रतिशतले वृद्धि भई रु.४५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३१ अर्ब ४१ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४९.९ प्रतिशतले वृद्धि भई रु.१०४ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.६९ अर्ब ८९ करोड रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved