कांग्रेसको घोषणापत्र - नेपालीको औसत आय ८० वर्षको पुर्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 02:41:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र जारी गर्दै नेपालीको औसत आयु ८० वर्ष पुर्याउने प्रतिबद्धता जनाएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र जारी गर्दै यस्तो प्रतिबद्धता गरेको हो ।

'नेपाली नागरिकको औसत आयु ८० वर्षको हाराहारीमा पुर्याउने,' घोषणापत्रमा उल्लेख छ, 'मातृ मृत्यु र शिशु मृत्युदरलाई मध्यम आय भएका मुलुकहरूको दाँजोमा झार्दै स्वास्थ्य क्षेत्रमा राज्य प्रत्यक्ष सेवा प्रदायकको भूमिकासँगै बलियो नियमन र सर्वसुलभ बीमामार्फत स्वास्थ्य सेवाको क्रेताको रूपमा पनि उपस्थित हुनेछ ।'

कांग्रेसले घोषणापत्रमार्फत डिजिटलाइजेसनमार्फत नेपालका सबै नागरिकदेखि शोकसम्मका रेकर्डका आधारमा जहाँ पनि जुनसुकै सेवा प्रदायकबाट स्वास्थ्य परामर्श लिन सकिने प्रणालीको विकास गर्नेसमेत जनाएको छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved