स्थापितको दाबी, ‘गठबन्धनले ६० हजार भोट कटाउँदैन, मैले १ लाख २० हजार मत पाउँछु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 03:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले सत्ता गठबन्धनले काठमाडौँमा ६० हजार भोट नकटाउने दाबी गरेका छन् । उनले यदि काँग्रेसले प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उठाए उनले सम्मानजनक भोट पाउने तर, उनीबाहेक अरु अघि सारे आफ्नो ‘रिङ’मै नआउने दाबी गरेका छन् । 

आइतबार हेटौडा पुगेर प्रदेश सांसदबाट राजीनामा दिएर काठमार्डाँ फर्किएका स्थापितले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले १ लाख २० हजार भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । 

‘काँग्रेसले कसलाई अघि सार्छ भन्नेमा भर पर्छ, सिर्जना सिंहलाई अघि सार्यो भने १ लाख २० हजार भोट ल्याएर जितिन्छ’ स्थापितले भने, ‘सिर्जनाबाहेक अरु आए भने रिङमै आउन सक्दैनन्, सिर्जना पनि प्रतिस्पर्धी त होइनन्, तर सम्मानजनक भोट पाउने उम्मेदवार हुन् ।’

उनले हिसाब गरेरै गठबन्धनले काठमाडौँको मेयरमा ६० हजारभन्दा बढी भोट नल्याउने दाबी गरेका छन् । 

‘गत निर्वाचनमा नेपाली काँग्रेसले ४५ हजार र माओवादीले ७  हजार भोट ल्याएका थिए, त्यसमा एकीकृत समाजवादी थपिँदा ६० हजार भन्दामाथि भोट कटाउन सक्दैनन्,’ स्थापितले थपे,  ‘त्योबेला (२०५४ सालमा) मैले ८४ हजार ६ सय भोट ल्याएको थिएँ, अहिले त भलन जनसंख्या पनि बढेको छ, मैले काम पनि गरेको छु । त्यसकारण जित चाँहि सुनिश्चित भयो ।’ 

काठमाडौँमा २ लाख २० हजारदेखि २ लाख ३० हजारको संख्यामा मत खस्ने अनुमान गरिएको छ । काठमाडौँमा ३ लाख मतदाता छन् ।

स्थापितले सोमबार मनोनयन दर्ता गराउँदै छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved