स्थानीय निर्वाचन : आज १० हजार १२ जनाको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 09:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ

आयोगको सूचना प्रणालीमा आज साँझ ७ः३० बजेसम्म सबै पदमा कूल १० हजार १२ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण इन्ट्री भएको छ । सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त भइसकेको छैन ।

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडाध्यक्षमा दुई हजार ८२६ को उम्मेदवारीको विवरण सङ्कलन भएको छ । वडा सदस्यमा तीन हजार १९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडा सदस्यमा १० हजार १०७ दर्ता भएको छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved