कांग्रेसबाट बर्दिबास मेयरमा दुई जनालाई टिकट, आधिकारिताबारे अन्योलमा आयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 01:39:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाको मेयरका लागि दुईजनालाई टिकट दिएकाे छ ।  प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् ।

आफूलाई पार्टीले टिकट दिएको भन्दै चिरञ्जीवी हमाल एकाएक मनोनय दर्ताका लागि निर्वाचन कार्यालयमा पुगेपछि प्रल्हाद क्षेत्री पक्ष नेता कार्यकर्ता  अचम्ममा परे । साेमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारको लागि टिकट लिएर आएका थिए । सामाजिक सञ्जालमा बिहानैदेखि प्रल्हाद क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले टिकट पाएपछि माहोलमा नै परिवर्तन भएको छ ।

'कसले टिकट पायो मलाई थाहा छैनतर म मनोनयन दर्ता गर्न जाँदै छुनेता हमालले भने ।

 प्रल्हाद क्षेत्रीको टिकट अन्तिम समयमा दुई जनाको टिकट आएको भन्दै नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन्।

कसकाे टिकट आधिकारिक हो भन्ने विषयमा जाँचबुझ हुने क्रम जारी भएको कांग्रेस महोत्तरीले जनाएको छ ।अहिले दुवै उम्मेदवार मनोनयन दर्ता गर्नका लागी निर्वाचन कार्यालय पुगेका छन ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved