गठबन्धनको बागी उम्मेदवार हटाउन पहल भईरहेको छ : देव गुरुङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 02:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भईरहेको बताएका छन् ।

सत्तारुढ दलहरुबीचको सहमती विपरित पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भईरहेको बताए । उनले मनोनयनमा परेकाहरुबाट पनि सहमतीमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमती नभए पनि एमालेप्रति संकेत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताए ।

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिबादी काँग्रेससँग गठबन्धन बनाउनु परेको तर्क समेत गरे । उनले भने ‘उम्मेदवारी फिर्ता लिने बेलासम्म संसद छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं । कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफनो दलको नोमिनेशन गराएका छन । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमती जुटाउन प्रयास र पहल भईराखेको छ । कथमकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरुलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढन तयार छौं ।’

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए । उनले उत्पादन मुलुक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित बस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved