काठमाडौँमा स्थापितको जित सुनिश्चित रहेको ओलीको भनाई, भन्छन् 'चुनाव आयो कि मिटू ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 09:03:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहा¥याए । उनले काँग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताए । उनले नोपली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने , ‘काठमाडौं एमालेले जित्नुपर्छ । र काठमाडौं एमालेले जित्छ । एमालेका उम्मेदवारहरुलाई काठमाडौंका सचेत जनताले विजयी बनाउनेछन् । राजधानीका सचेत जनता जसले नेपाली राजनीतिक परिवर्तनमा आजदेखि होइन, सचेतनाको शंखघोष आजदेखि गरेको होइन, यही काठमाडौंमा २०९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ ४ जनालाई राणाहरुले आफ्नो शासन टिकाउनका लागि फाँसी दिएका थिए र बलिदानको इतिहास काठमाडौंले त्यहाँदेखि कोर्दै आएको छ । ८२ वर्षअघिदेखि काठमाडौंले चेतनाको विगुल फुक्दै आएको छ । मैले अस्तिको दिन पनि भनेको थिएँ । काँग्रेसको घोषणापत्र भनेको कुनै राजनीतिक दस्ताबेज नै होइन । अघिल्लो सरकारको भण्डाफोर गर्ने, बिरोध गर्ने, आफू के गर्छु भन्ने कुरा होइन । काँग्रेसको घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको छ । व्यक्तिगत तवरमा मलाई गाली गरेको छ । गाली राजनीतिक भएको भएपनि हुन्थ्यो । होइन, असभ्य तरिकाले, निच भन्ने जस्ता शब्दहरु प्रयोग गरिगरिकन भद्दा गाली, असत्य, निराधार गाली गलौज गरेको छ । अलिकति संविधानका राम्रा कुराहरु उतार गरेको छ, अलिअलि हाम्रा घोषणापत्रका कुराहरु, हामीले बोल्ने भन्ने गरेका कुराहरु केही केही अलिक लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ । कहाँ उठाउँछ के उठाउँछ अहिले त केही पनि थाहा हुँदैन, कतै एस कतै नो । कतै एस पार्टी उठाउँछ कतै नो पार्टी उठाउँछ । कहिले केमा भोट हाल्छ कहिले केमा । काँग्रेसको घोषणापत्र लिएर कुनै राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएका छन् । न नयाँ पुस्ता न पुरानो पुस्ता ।  न योगदान न नयाँ संकल्प । न नयाँ उत्साह ।’

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीइ निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिए । उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताए । उनले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए ।

अध्यक्ष ओलीले भने , ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ । कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरु थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुस्ँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ । नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो । कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो । नेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइन । कसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि ।’

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताए  ।

अध्यक्ष ओलीले भने , ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ ग¥यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९÷ १० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन ।’

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताए। उनले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउने बताए ।

अध्यक्ष ओलीले भने , ‘५ दलीय गठबन्धन देश र अहिलेका निम्ति कष्ट हो । पीडा हो । अलिक समयका लागि आएको लुतो हो । ठूलै घाउ पनि होइन तर बस्न पनि दिँदैन । केही समयका लागि पीडा हो । यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनु पर्छ । लुतो पन्छाउने दिन हुन्छ नेपालमा । यस पल्ट दुइृ दिन हुने भयो । एउटा लुतो पन्छाउने दिन सरेर वैशाख ३० आयो । अर्को अन्तितमा पन्छाउने दिन मंसिरमा आउँछ । लुतो पन्छाएर छोड्नुपर्छ । यो असंवैधानिक गठबन्धन लुतो हो । यसलाई पन्छाउँ ।’

अध्यक्ष ओलीले काँग्रेसले जे भन्छ त्यही मान्ने भएकोले नेकपा एस नाम रहेको आरोप लगाए । उनले अहिले देशको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेखसमेत गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved