नेपालको कटाक्ष - बयलगाडा दार्शनिक ओली, गफमा विद्यावारिधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 03:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयलगाडा दर्शनका प्रवर्तक रहेको भन्दै कटाक्ष व्यक्त गरेका छन् ।

चितवनको भरतपुरमा सत्तारूढ गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई महा-गफाडी रहेको बताएका हुन् ।

'बयलगाडा दार्शनिक ओली, दोस्रो उनी महा गफाडी,' नेपालले भने, 'गफमा विद्यावारिधी प्राप्त गरेका छन् । भ्रमको खेती गर्न सक्छन् । झुटलाई साँचो भनेर अल्मल्याउन सक्छन् । होश गर्नुहोला ।'

उनले वयलगाडा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु उस्तै हो भनेर ओलीले गणतन्त्रको अपमान गरेको उनले बताए ।

उनले अहिलेको एमाले कुहिएको फर्सी भएको बताए । 'हेर्दाखेरि फर्सी फलाएको मैले नै हो । त्यो फर्सी अहिले कुहिसकेको फर्सी भएको छ । रोगब्याधी मात्र लाग्छ, कसैले खान हुँदैन,' उनले भने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved