बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुदै, २९ गते पनि विदा दिन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 12:25:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुने भएका छन् । बैशाख २९ गते कार्यालय समयसम्म कार्यालयमै रहनुपर्ने र ३० गते सवारी साधन नचल्ने भएकाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु मतदान गर्नबाट बञ्चित हुने देखिएको हो ।

यति मात्रै नभई, हरेक जिल्लामा रहेका वित्तीय संस्थाका कर्मचारीहरु अधिकांश सम्बन्धित जिल्लाभन्दा बाहिरका कर्मचारी हुने भएकाले उनीहरु मतदानको अघिल्लो दिनसम्म काममै रहनु पर्ने बाध्यताले गृह जिल्ला वा आफ्नो मतदान केन्द्रसम्म उनीहरु पुग्न नसक्ने भएका हुन् ।

जिल्लाकै बैंक तथा वित्तीय संस्थामा कार्यरत रहेपनि २९ गते साँझसम्म कार्यालयमा रहनुपर्दा उनीहरु सोही दिन राती घर वा मतदान स्थल नजिकै पुगेर बस्ने सम्भावना पनि कम रहेको रामेछापस्थित एक वित्तीय संस्थाका प्रतिनिधिले बताएका छन् ।

‘बैंक, इन्स्योरेन्स लगायतका वित्तीय संस्थामा कार्यरत ५० देखि ७० प्रतिशत साथीहरु बाहिरि जिल्लाका हुनुहुन्छ, उहाँहरु त कसैगरे पनि जान नसक्ने अवस्था छ’ ती प्रतिनिधि भन्छन्, ‘आफ्नै जिल्ला भएपनि सम्बन्धित पालिका वा मतदान केन्द्र अथवा मतदानन स्थलमा जान पुग्न कम्तीमा २ देखि १२ घण्टासम्म लाग्ने समस्या छ, अनि २९ गते ५ः३० बजेसम्म कार्यालयमा रहेर त्यहीँ दिन जाने सम्भावना हुँदैन, भोलिपल्ट मतदानको दिन भएकाले गाडी र नीजि सवारी पनि चल्न पाउँदैनन् । त्यसकारण बाहिरि जिल्लाका साथीहरुसहित सम्बन्धित जिल्लाकै साथीहरु पनि मतदान गर्नबाट बञ्चित हुने देखियो ।’

काठमाडौँ उपत्यकाकै कुनै जिल्लामा घर भएको व्यक्ति पनि मतदान गर्न जान नपाउने अवस्था देखिएको उनको गुनासो छ । ‘जस्तो कुनै व्यक्ति ललितपुरको जावलाखेलमा रहेको कुनै बैंक, बीमा तथा फाइनान्स कम्पनीको शाखामा कार्यरत छ, उसको घर ललितपुरकै विकट बागमती गाउपालिकामा उसको घर छ भने उसलाई जावलाखेलबाट बागमती पुग्न सार्वजनिक गाडी वा नीजि साधनमा ८ घन्टा लाग्छ’ ती प्रतिनिधिले स्पष्ट पार्दै भने, ‘उ २९ गते काम गरेर कसरी त्यहाँ पुग्न सक्छ ? धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीमा कार्यरत त्यस्तै कर्मचारी धादिङकै रुवी भ्याली घर भएको छ भने उसलाई रुवी भ्याली पुग्न १२ घण्टा लाग्छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बैंक तथा इन्स्योरेन्समा कम गर्ने उमाकुण्ड गाउँ पालिका १ गुम्देलको कर्मचारीलाई सदरमुकामबाट त्यहाँ पुग्न ८ घन्टा भन्दा बढि समय लाग्छ, बैशाख २९ गतेको पुरा काम सकेर उ कसरी मतदानमा सहभागी हुन सक्छ ?

२९ गते बिदा दिँदा हुन्छ ?

आफूहरुलाई स्थानीय जनप्रतिनिधि चयन गर्ने मतदान प्रक्रियामा भाग लिनबाट बञ्चित गराईन नहुने कर्मचारीहरुकै माग छ । सकेसम्म बैशाख २८ गतेबाटै बिदा दिँदा बाहिरि जिल्ला र सम्बन्धित जिल्लाकै पनि विकट गाउँमा मतदाता नामावली भएकाहरु सहज रुपमा पुग्न सक्ने कर्मचारीहरु बताउँछन् । यदि बैशाख २८ गतेबाटै बिदा दिन सम्भव नभए कम्तीमा २९ गतेबाट सार्वजनिक बिदा दिनुपर्ने कर्मचारीहरुको माग छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved