बालेनमाथि २८ किलोको खसी बाजी राख्ने २ भाइ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 04:49:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले चुनाव जित्लान् कि हार्लान् भन्नेमा बाजी राख्ने २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालका अनुसार उनीहरुलाई सोमबार दिउँसो दिक्तेलबाट पक्राउ गरिएको हो ।

आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ का रमेश खड्का र सोही वडाका विजय फुयाँलले कागज नै गरेर २८ किलोग्रामको खसी बाजी राखेका थिए । 

यसअघिः
बालेनमाथि २८ केजी खसीको जुवा

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेश खड्काले २८ किलो तौल भएको खसी विजयलाई दिने र बालेन शाहले हारेमा विजयले २८ किलो खसीको मूल्य कति पर्छ सोही अनुसारको रकम भुक्तानी गर्ने भनेर कागज गरेका थिए । 

उक्त कागज उनीहरुले सामाजिक सञ्जालमार्फत उनीहरु आफैँले सार्वजनिक गरेका थिए । यसरी बाजिराख्नु गैरकानुनी हुने भन्दै प्रहरीले पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved