बालेनमाथि २८ केजी खसीको जुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 12:55:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उठेका बालेन शाहमाथि खोटाङको दिक्तेलका दुई जनाले २८ केजी खसीको बाजी राखेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एक सहमति पत्रमा दिक्तेल रुपाकोट मझुवागही नगरपालिका वडा नम्बर ५ बस्ने बिजय फुयाल र सोही ठाउँमा बस्ने रमेश खड्काबीच बाजी थापिएको उल्लेख छ ।

पत्रअनुसार बालेनले काठमाडौँको मेयर जितेमा रमेश खड्काले २८ केजीको खसी बिजय फुयाललाई दिने र बालेनले मेयर हारेमा बिजयले २८ केजी खसीको मूल्य दिने भएका हुन् ।

उनीहरूले साक्षी राखेर तमसुकको शैलीमा कागज नै गराएका छन् । साक्षीका रूपमा सोही ठाउँ बस्ने राजन प्रसाद दुलाल र रोहवरमा सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य रहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको सम्झौता पत्र आधिकारिक हो, कि होइन भन्ने पुष्टि भने भएको छैन ।  

यसैबीच जारी मतगणनामा बालेन शाहले करिब १२ सय मतको अग्रता बनाएका छन् । उनले २६ सय बढी मत पाउँदा एमालेका केशव स्थापितले १४ सय मत पाएका छन् । काँग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । 

बालेनलाई युवा र राजनीतिक क्षेत्रभन्दा बाहिरका व्यक्तिहरुले समर्थन गरिरहेका छन् । निर्वाचनको मुखैमा उनलाई कलाकारहरुले राम्रै समर्थन जनाएका थिए । 

उनी र्याप गायक तथा इन्जिनियर हुन् ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved