राति १० बजे प्रधानमन्त्री देउवाको निवासमा ऋषि धमला जबरजस्ती प्रवेश गर्न खोजेपछि …

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 01:39:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिनदेखि धनगढीमा छन् । देउवा धनगढीस्थित आफ्नै निजी निवासमा बसिरहेका छन् । कांग्रेस कैलालीका असन्तुष्ट नेता, कार्यकर्तासँग गोप्य भेटघाट गरिरहेका देउवाको निवासमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ । सोमबार धनगढी पुगेका पत्रकार ऋषि धमला राति करीब १० बजेको आसपासमा प्रधानमन्त्रीलाई भेट्न उनको निजि निवासमा पुगेका थिए तर सुरक्षार्थ तैनाथ भएका सुरक्षाकर्मीले उनलाई प्रवेशको अनुमति दिएनन् ।

जबरजस्ती गरेर गेट भित्र प्रवेश गर्न खोजिरहेका धमलालाई सुरक्षाकर्मीले कसैलाई प्रवेश गर्न नदिनू भन्ने आदेश भएकाले जान नमिल्ने बताए । सुरक्षा स्रोतकाअनुसार धमला गेटमा पुगेकाले प्रधानमन्त्रीलाई भेट्न खोजेको विषयमा निजी सचिवालयलाई जानकारी गराएका थिए ।

सचिवालयले धमलालले प्रधानमन्त्रीको समय नलिएको र कार्य व्यवस्ताका कारण भेट्न नसकिने भनेको बताउदै सुरक्षाकर्मीले उनलाई गेटमा रोकेको थियो । निवासभित्र प्रवेश नपाएपछि धमला त्यहाँबाट फर्किएका थिए ।

आज पनि धनगढीमै रहेका प्रधानमन्त्री देउवाले नेता, कार्यकर्ताहरुसँगको भेटघाटलाई तिव्र पारेका छन् । उनी पार्टीमा असन्तुष्ट नेता र बागी उम्मेदवारको पक्षमा लागेकाहरुसँग छलफलमा व्यस्त छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved