विनोद चौधरीको चुनावी स्टन्ट : भोट तान्न नयाँ कम्पनी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 06:24:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका अरबपति ब्यापारी विनोद चौधरीले भोट तान्नको लागि नयाँ कम्पनी दर्ता गरेका छन् । उनले सिजी स्न्याक्स प्रालि नामको कम्पनी दर्ता गराएका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयले उनलाई कार्तिक २१ गते सोमबार कम्पनी दर्ताको प्रमाणपत्र दिएको छ ।

उनको चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सिजी स्न्याक्स प्रालि उद्योग स्थापना गर्ने तयारी गरेको छ।  समूहले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिघा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम पनि थालेको छ। समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेको जनाए।

विनोद चौधरीले चुनावी घरदैलोको क्रममा केरा किसानले उचित मूल्य नपाएको भन्दै केरासम्बन्धी प्रशोधन उद्योग खोल्ने प्रतिबद्धता जनाएका थिए। भोट तान्न कै लागि उनले हतार हतार कम्पनी दर्ता पनि गरेका हुन्। 

यस उद्योगले केराबाट दर्जन बढी परिकार उत्पादन गर्ने लक्ष्य राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved