राष्ट्रिय स्वतन्त्र पार्टीले छान्यो समानुपातिक सांसद, को को परे?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 04:45:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वप)ले समानुपातिक तर्फबाट छनोट गर्नुपर्ने सांसदको टुंगो लगाएको छ।  रास्वपको शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंद छनोट गरि आयोगमा बुझाउने तयारी गरेको हो।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ। जसमध्ये निम्नानुसार भागबण्डा रहेको छ।

आदिवासी पुरुषतर्फ डा. ढाकाकुमार श्रेष्ठ छनोट भएका छन्। खर्स आर्यतर्फ डोलप्रसाद अर्याल, असिम साह (मुस्लिम पुरुष),मनिष झा (मधेसी पुरुष), इन्दिरा राना मगर (आदिवासी महिला) र सुमना श्रेष्ठ आदिवासी महिलाको तर्फबाट छनोट भएका छन्।

यसैगरी अशोक चौधरी (थारु पुरुष), तपेश्वर यादव (मधेसी पुरुष), डा. चन्दा कार्की (खस आर्य महिला), निशा डाँगी (खस आर्य महिला), सन्तोष परियार (दलित पुरुष), कल्पना रोक्का (दलित महिला) र विनिता कठायत पिछडिएको वर्ग महिलाको तर्फबाट छनोट भएका हुन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved