नेपाली कामदार फ्रान्स पठाउनेबारे छलफल सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 10:33:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच बिहिबार भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो । मन्त्री विष्टले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे । 

नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताए । मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूकम्पको बेला फ्रान्स सरकारले पु¥याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गरे । भेटका अवसरमा नेपाल र फ्रान्स बीचको सात दशक लामो सम्बन्धका विविध आयामबारे छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । 

भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको बताएक थिए । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved