श्रम स्वीकृतिमा अनलाईन टोकन प्रणालीले झन् बढी समस्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 02:56:54 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशीक रोजगार कार्यालयले सुरु गरेको अनलाईन टोकन प्रणालीले सेवाग्राहीमा झन बढी समस्या थपेको छ । कार्यालयले मंसिर १६ गतेबाट पुर्ण रुपमा अनलाईन टोकन प्रणाली लागू गरेको थियो । यसले श्रम स्वीकृति लिन आउने सेवाग्राहीले खेप्नुपरेको सास्तीलाई अन्त्य गर्ने कार्यलयको विश्वास थियो । तर यसले समस्या समाधान गर्नुको साटो झन् बढी समस्या थपेको छ  । 

विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मितिमा मात्र काम हुने भएकोले सेवाग्राहि थप मर्कामा परेका हुन्। टोकनमा अनलाईन फारम भरेको मितिले एक हप्तापछिको मिति दिईने गरिएको छ ।

कतारका लागी पुन श्रम स्वीकृति लिन आएका एक सेवाग्राही ३ दिनसम्म कार्यालय धाएको गुनासो सुनाउँछन् । उनको टोकन नम्बर डिसेम्बर २८ को रहेको छ । तर उनको उडान भने डिसेम्बर २४ मा भएको उनको भनाई छ । सुरुको दिनमा आफुलाई कार्यलयभित्रै छिर्न नदिई भोलि आउन भनेर फिर्ता पठाएको उनले गुनासो गरे । दोस्रो दिनमा उडान मिति २४ तारिखमा छ भनि गुनासो सुनाए पछि बल्लबल्ल छाप लगाईदिएर भोलि काम हुन्छ भनी फिर्ता पठाएको उनी बताउँछन् । भोलिपल्टको उडान भएकाहरु अघिल्लो दिनसम्म पनि श्रम बनाउन लाईनमा बसेको भेटिए । आफ्नो उडान छुट्ने हो कि भन्नेमा उनी त्रसित छन् ।  थुप्रै सेवाग्राहीहरु यस्ता समस्या भोग्न बाध्य छन् ।

उता कार्यालयमा सेवा ग्राहीले सजिलै सेवा लिईरहेको कार्यालय प्रमुख देवेन्द्र कार्की दाबी गर्छन । उनी अहिले कार्यालय बाहिर सेवाग्राहीको भिडभाड नभएको , तोकेको मितिमा काम भएको, सजिलै सेवा प्रदान भएको दाबी गर्छन । तर वास्तविकता यस्तो छैन । आफ्नो मिति भन्दा पछि वा अगावै लाईनमा बस्न आउँनु आफ्नो समस्या नभएको भन्दै प्रमुख कार्कीले यसलाई हल्का रुपमा लिएका छन् । तर यहि सेवाग्राहीले भने समस्या भोग्दै आएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved