'इमान्दार श्रम मन्त्रीका इमान्दार सचिब ठान्थे, सबै भ्रम रहेछ' (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 09:35:55 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा उप-सचिव प्रेमप्रसाद सञ्जेलको चर्चा छ। गत असोज २५ गते श्रम तथा रोजगार कार्यालय विराटनगरमा सरुवा भएका संजेललाई दुई महिना नपुग्दै व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएकाले उनले सर्वत्र आक्रोस पोखेका छन। 

कानुन बिपरित आफुलाई सरुवा गरिनुमा माफियाहरुको हात रहेको भन्दै संजेलले अहिले सबैको पोल खोल्दैछन। संजेलले प्रधानमन्त्री, श्रममन्त्री, श्रम सचिब लगायतका सरोकारवालाहरुसंग आफ्नो सरुवाको स्पष्ट कानुनि आधार माग्दै पत्रकार सम्मेलन नै गरेर सरुवाको 'राज' खोल्दैछन।

अन्यायपूर्वक सरुवा गरेको भन्दै उनी मन्त्री, सचिव र प्रधानमन्त्रीविरूद्ध खनिएका थिए। यसअघि हुने सरुवाबारे उनले मिडियासँग बोलेका थिएनन्। ‘अत्यचारको हद नाघेपछि पत्रकार सम्मेलन गरी आफ्नो पीडा पोखेको हुँ,’ उनले भने, ‘आवेशमा आएँ, रुखो स्वभाव देखाउनुपर्‍यो।’   

संजेलकै अनुसार उनि आफु मात्र नभई अहिलेपनि हजारौं कर्मचारी भ्रस्टाचार बिरुद्दको अभियानमा छन त्यसैले पनि होला जहाँ संजेल हुन्छन त्यहाँ लेखेको हुन्छ ‘हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर सावधान!’ जहाँ उनि सरुवा भएर जान्छन्, त्यस कार्यालयको गेटमा यस्तो लेखिएको पोस्टर टाँसिएको हुन्छ। 

संजेलका अनुसार उनि अहिले ५६ वर्ष पुगे। विराटनगर-५ घर भएका प्रेम सञ्जेलले सेती अञ्चल अदालत दीपायलबाट २०३८ साल कात्तिक २८ गते सरकारी सेवा सुरू गरे। 

सुब्बाबाट जागिर सुरू गरेका उनी त्यसको १० वर्षपछि लोकसेवा पास गरेर अधिकृत भए। अधिकृत भएपछि उनले तेह्रथुम जिल्ला शिक्षा कार्यालयमा पहिलोपटक सेवा गरे। नेता, मन्त्री, सचिव र राजनीतिक शक्तिकेन्द्रको कानुनी/गैरकानुनी दबाब झेलेका संजेलले ३७ बर्षको अवधिमा धेरै पटक सरुवा भए। 

नेकपाका उद्योगी-व्यापारीसँग टक्कर लिंदा अपमानपूर्वक सरुवा  

‘यस्तो सरुवालाई हामी ट्वाइलेट फुछ्न फालिएको ठाउँ भन्छौं, जहाँ केही काम हुँदैन,’ उनले भने, ‘अतिरिक्त समूह भनेको अपमानपूर्वक गरिएको सरुवा हो।’ 

सामान्यमा गरेर उनलाई यो बीचमा तेह्र महिनामा तीनपटक सरुवा गरियो। पटक-पटक शक्तिकेन्द्रको कोपभाजनमा परेपछि उनले पछिल्लो समय दबाबका सरुवा सिधै इन्कार गर्न थाले। 

क्षेत्रीय निर्वाचन कार्यालयमा रहँदा तीन तहका निर्वाचन भए। विवादमुक्त तरिकाले निर्वाचन गराउन आफू सक्षम भएको उनी बताउँछन्। निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन कार्यालय खारेज भयो। उनी ‘फाजिल’मा परे। 

‘फाजिल’बाट गत असोज २५ गते श्रम कार्यालय विराटनगर सरुवा भएको थियो। दुई महिनामै उनलाई त्यहाँबाट श्रम मन्त्रालयले व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरेको छ। 

मन्त्री इमानदार लाग्थे। इमानदार मन्त्रीका सचिव झन् इमानदार होलान् भन्ने आफ्नो बुझाइ अहिले ‘भ्रम’ साबित भएको सञ्जेल बताउँछन्। ‘मैले श्रम स्वीकृतिको प्रक्रियामा पारदर्शीता अपनाउनुपर्ने भनेर चिठी लेखेको थिएँ, भ्रष्टाचार रोक्न खोजेको थिएँ, पीडितको पक्षमा काम गरेको थिएँ, उपकरण खरिद गर्दा कमिशन दिइँदो रहेछ, मैले कमिशन काटिदिएको थिएँ,’ सञ्जेलले भने, ‘यसमा सचिवको के चित्त दुखाई?’  

उनले प्रधानमन्त्री, मन्त्री र सचिवहरूसँग प्रश्न राखेका छन्, ‘मैले मान्ने-सान्नेहरूका कम्पनीलाई भ्रष्टाचार गर्न दिनुपर्ने? कर्मचारीलाई घुस खान दिनुपर्ने? यसरी सुशासन हुन्छ? देश बन्छ?’

उनले यो सरुवा नमान्ने भन्दै अदालत जाने चेतावनी दिएका छन्। अब त अत्यचारले सीमै नाघेको भन्दै उनले थप अन्याय भए ‘मर्न तयार हुने’ बताएका छन्। ‘मलाई डरभर हुन छोड्यो, मैले ज्यान छोडेर लाग्नुपर्ने भयो,’ उनले भने, ‘भ्रष्टाचार रोक्दा मलाई अन्याय लादिएको छ, म जागिर छोड्छु तर यो सरुवा मान्दिनँ।’


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved