वैदेशिक रोजगार विभागले जापानमा रोजगारी खुलेको भनि गरिएको भ्रामक विज्ञापनप्रति आपत्ति जनाएको छ ।
विगत केहि समय अघिदेखि केहि छापा, व्यक्ति, कम्पनि तथा वैदेशिक रोजजगार संचालनको लागी ईजाजत प्राप्त संस्थाहरुले समेत जापानमा रोजगारको लागी श्रम अनुमति खुलेको भनि विज्ञापन गरेका थिए ।
नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदार पठाउने विषयमा हालसम्म सरकारले कुनै पनि निर्णय नगरिएको हुदा यस्ता भ्रामक विज्ञापन नगर्न विभागले सूचना जारी गरेको छ । विभागको सूचनालाई वेवास्ता गरी यस्ता गैरकानुनी क्रियाकलाप गरेको पाईएमा वैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने विभागले जनाएको छ ।