घरेलु कामदारको लागी द्धिपक्षीय श्रम सम्झौत गर्न साउदीसँग आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2019 | 04:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र साउदी अरेबियाबीच द्धिपक्षीय श्रम सम्झौता बारेमा छलफल भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र साउदी अरेबियाका राजदूत एच इ मुसैद एस अल मरवानीबिच भएको भेटमा श्रम सम्झौताका विषयमा छलफल भएको हो ।

छलफलमा मन्त्री विष्टले साउदीमा रहेका नेपाली कामदारलाई व्यवस्थित गर्न दुई मुलुकबिच द्धिपक्षिय श्रम सम्झौता गर्न आवश्यक रहेको बताएका थिए । साथै आउदी अरेबियामा नेपाली घरेलु कामदारहरु रहेकाले घरेलु कामदारलाई व्यस्थित गर्न अलग्गै द्धिपक्षीय श्रम सम्झौता आवश्यक रहेको बारे श्रम मन्त्रिले ध्यानाकर्षण गराएको मन्त्रलायले जानकारी दिएको छ । साथै नेपाली कामदार साउदी अरेवियामा जाने विषयमा निश्चित बिधि र शर्तको आधारमा अगाडी बढ्न त्यस्ता विषयहरुलाई समेत सम्झौतामा उल्लेख गर्नुपर्ने बताएका थिए । 

साउदीका राजदूत मरवानीले द्धिपक्षीय श्रम सम्झौता गर्न साउदी सरकार सकारात्मक रहेको जानकारी दिएका छन् । श्रमिक आप्रवासन लेनदेन लगाएतका अन्य विषयहरुमा समेत नेपाल सरकारसँग सहकार्य गर्न साउदी सरकार तयार रहेको राजदूतले बताएका छन् । 

साउदी अरेबिया सरकारले यस अघि नै द्धिपक्षीय श्रम सम्झौता गर्न नेपाल सरकारलाई मस्यौदा पठाइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved