मोह सरकारी जागिरको, माग भन्दा ११ सय गुणा बढी आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 04:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न खोलिएको आवेदनमा हालसम्म ८ हजार ५ सय आवेदन परेको छ । श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शाखा अधिकृत सरहका ७०५ जना र नायब सुब्बा सरहका ४८ जना गरी कुल ७ सय ५३ जना कर्मचारी माग गरेको छ ।

कार्यक्रमले माघ ४ गतेबाट १८ गतेसम्मको लागी अनलाईन आवेदन खुलाएको थियो । आवेदनको अन्तिम दिन सम्ममा १५ हजार आवेदन आउने अनुमान रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालको भनाई छ । उनका अनुसार अन्तिम दिनमा धेरैले आवेदन दिने अभ्यास रहेकाले पनि अन्तिम दिनमा झन्डै दोब्बर आवेदनको अनुमान गरिएको छ ।

आवेदकले पेश गरेको अनलाईन आवेदन सोझै कम्युटर सिस्टममा जाने र कम्प्युटरले नै संयोजक छनौट गर्ने दाहालले जानकारी दिए । उनका अनुसार, सक्षम र दक्ष संयोजक छनौटको लागी कम्प्युटर सिस्टमलाई जोड दिएको हो ।

रोजगार सेवा केन्द्रको रोजगार संयोजकको लागी आवेदन दिन न्यूनतम शैक्षिक योग्यता प्रविणता तह वा सो सरहको हुनुपर्नेछ । प्रविणता तह पास गरेको शैक्षिक प्रमाणपत्र, २ वर्ष काम गरेको अनुभव पत्र आवेदनसंगै पेश गर्नुपर्ने हुन्छ । साथै कम्प्युटर सम्बन्धि न्यूनतम ज्ञान समेत रहेको हुनुपर्ने छ । निवेदकले आवेदन भर्दा आफूले काम गर्न चाहेको ठाउँ समेत रोज्न पाउने व्यवस्था रहेको छ ।

रोजगार संयोजकमा भर्ना भएका संयोजकलाई अस्थाई कर्मचारी सरह सरकारी सेवा सुविधा र स्थानिय तहको भत्ता दिईने मन्त्रालयले जनाएको छ । संयोजकले महिनामा २६ दिन काम गर्नुपर्ने छ । साथै प्रसुति विदा, किरिया बिदा र घर विदाको व्यवस्था समेत रहेको छ । रोजगार संयोजकको कार्यालय भने गाउँपालिका वा नगरपालिकाको कार्यालयमा रहनेछ ।
 
सबै स्थानिय तहको लागी रोजगार संयोजक छनौट पश्चात डेढ महिनाभित्रै स्थानिय तहमा खटाउने मन्त्रालयले जानकारी दिएको छ । संयोजकले वेरोजागारीको संख्या संकलन गर्नुपर्नेछ । भर्ना भएका वेरोजगारलाई कम्तीमा वार्षिक सय दिन रोजगारी प्रदान गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved