२ ठूला म्यानपावर कम्पनीमा विभागको छापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 10:13:00 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले सोमबार दुई म्यानपावर कम्पनीमा छापा हानेको छ । कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको सूचनाको आधारमा विभागले २ कम्पनीमा छापा हानेको जनाएको छ । 

विभागले सूचनाको आधारमा धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा हानेर आवश्यक सम्पूर्ण कागजात जफत गरेको जनाएको छ । 

दुबै म्यानपावरबाट ४÷४ सय युवाहरुलाई अन्तर्वार्ताका लिदै गरेको अवस्थामा विभागले छापा हानेको थियो । यसमा थप आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

केही समयअघि कतार रोजगारीका लागि १७ वटा म्यानपावर कम्पनीले मात्र अनुमति पाउने भन्दै नाम सार्वजनिक भएका कम्पनीमध्येकै २ कम्पनीमा विभागले छापा मारेपछि म्यानपावर व्यवसायीहरु तर्सिद बनेका छन् । 

१७ वटा म्यानपावरहरुको लिस्टमा कतार भिषा सेन्टरको संचालक हेम गुरुङ नै अध्यक्ष रहेको एसओएस म्यानपावरले स्वीकृति बिनै अन्तर्वार्ता लिएको थाहा पाएपछि उनीहरु तर्सिद बनेका हुन् । 

केही समयअघि कतारले छनौट गरेको भन्दै नाम सार्वजनिक भएका म्यानपावरहरुमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि., डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रा.लि. साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि रहेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved