विदेश जाने नेपालीलाई म्यानपावर कम्पनीको खातामा रकम जम्मा गर्न विभागको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 04:50:46 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जाने कामदारबाट म्यानपावर व्यवसायीहरुले आफू खुशी रकम संलकन गरेको भन्दै वैदेशिक रोजजार विभागले कम्पनीको खातामा रकम जम्मा गर्न आग्रह गरेको छ । विभागले बुधबार एक सूचना प्रकाशन गर्दै तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा जम्मा गर्न आग्रह गरेको हो । 

कामदारले आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको बैंक खातामा जम्मा गरेर ठगीबाट बच्न भैचर सुरक्षित राख्न विभागले आग्रह गरेको हो । यसैगरी, वैदेशिक रोजगारीमा जान लागेका नागरिकले अन्तरवार्तामा छनौट भएपछि मात्रै इजाजत प्राप्त म्यानपावरलाई सक्कल पासपोर्टलगायत आवश्यक कागजात बुझाउन विभागले सुझाएको छ ।

त्यस्ता कम्पनीले आवदेकबाट प्रतिलिपि वा स्क्यान कपी मात्र माग गरी छनौट भएका कामदार बाहेक अरुका सक्कल राहदानी जम्मा गर्ने गराउने कार्य नगर्न विभागले आग्रह गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved