नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2022 | 04:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका साना किसान कृषि सहकारी संस्था लि। का सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्था लि।एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।का अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि।का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिईयो झलेन्द्र भट्टराई संगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखी रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफु प्रतिवद्ध रहेको बताए । 

उनले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारीत प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाले आफुहरुलाई खुसी लागेको बताए । नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसंग जोडिएर गाउँ तहका साना किसान सदस्यहरुलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । 

भेटघाटमा साना किसान लघुवित्त वित्तीय संस्था लि। एंव नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरुले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । नेपालका युवाहरुलाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानहरुलाई ठूलो गुन लगाएको उनको भनाई छ । 

इजरायल सरकार र नेपालस्थित इजरायली राजदूतावास एवम् राजदूत हानान गोडरले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले सम्पूर्ण नेपालका किसानहरुको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विधार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताए ।

इजरायलमा प्रयोग भएको नविनतम प्रविधिलाई नेपालमा भित्र्याउन यस कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले पूर्व मेची देखी पश्चिम महाकाली सम्मका युवा किसानहरुलाई समेट्दै यो कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । इजरायलले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याक लगाएतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए । 

इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोड बरावरको तरकारी विक्रि गरिरहेका छन् ।  धादिङकै नौबिसेका देवराज आचार्यले पनि उदाहरणिय तकारी खेती गरिरहेका छन् । 

तनहुँको बाख्रा फार्म, रुपन्देहीको सृजना चौधरीले गरेको माछा पालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्म लगायत यस्तै धेरै युवाहरुको कृषि तथा पशुपालनको कर्म हेर्न लायक रहेका छन् । इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरु व्यवसायी बनिसकेका छन । यसैगरी धेरै युवाहरु इजरायलबाट सिप सिकेर नेपाल फर्केकाहरुबाट प्रेरित भएर कृषि कर्ममा राम्रो आम्दानी गरिरहेका छन् ।

कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने बताएका नेपालका लागि इजरायली राजदूत यसअघि पनि नेपालका लागि राजदूत भईसकेका थिए । नेपाल मामिलाबारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडरकै अग्रसरतामा नेपालका साना किसाका छोराछोरीहरुलाई १० महिने प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved