नेपाली बिजनेस काउन्सिलका पदाधिकारीसँग मन्त्री श्रेष्ठले भने, ‘लगानी मैत्री वातावरण बन्दै छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2022 | 04:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपाली बिजनेस काउन्सिल, दुबईका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् । 

काउन्सिलका अध्यक्ष डा. असिफ अली सिद्दिकी नेतृत्वमा नेपाली व्यवसायीहरुले मन्त्री श्रेष्ठसँग वैदेशिक रोजगारीसँगै विदेशमा नेपाली उत्पादन र सेवाको बजार विस्तार गर्नेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताएका छन् । वैदेशिक रोजगारमा जाने अदक्ष श्रमिकहरूले विभिन्न समस्या झेल्दै आएको भन्दै आवश्यक सीप–दक्षताको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने व्यवसायीहरुको भनाई छ । 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित र सुरक्षित गर्न आफु प्रयत्नशील रहेको बताएका छन् । उनले विदेशमा नेपालीले आर्जेको सीप र पूँजी नेपाल भित्र्याउन सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 

नीतिगत र व्यवहारिक पक्षमा लगानी मैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको मन्त्री श्रेष्ठको भनाई छ । 

व्यवसायीहरुले युएईमा भिजिट भिसाबाट सिर्जित समस्याको उपचारमात्र होइन, निर्मुल नै पार्नुपर्ने बताएका थिए । भिजिट भिसा सम्वन्धी समस्या समाधानका लागि युएई सरकारसँग मिलेर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले सकेसम्म युएई मै रोजगारी, ओभरस्टे भएर धेरै शुल्क बुझाउनुपर्ने भएकाहरुलाई मिनाहा गर्न र नेपाल लैजानै पर्नेहरुलाई उद्धारमा सहयोग गर्ने प्रतिवद्धता युएई सरकारले जनाएको जानकारी गराएका छन् । 

नेपाली बिजनेस काउन्सिलका पदाधिकारीहरुले युएईमा ब्यापारको राम्रो अवसरका साथसाथै यसका चुनौतीका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । नेपाली बिजनेस काउन्सिल यूएईको दुबईमा व्यापार गरिरहेका नेपाली व्यावसायीहरुको सरकारी निकायमा दर्ता भएको व्यापारिक संस्था हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved