एक पटकलाई कोरिया 'कन्भिन्स', शिप बिल्डिङमा सहभागीले उत्पादन तर्फको परीक्षा दिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 07:24:28 PM मा प्रकाशित

laxmi  sunrise bank

शिप बिल्डिङमा सामेल विद्यार्थीले उत्पादन तर्फको लागि भाषा परीक्षा दिन पाउने भएका छन् । सोमबार ह्युमन रिसर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी)ले शिप बिल्डिङमा सामेल विद्यार्थीले पनि उत्पादन तर्फकोलागि भाषा पriiक्षा दिन पाउने जानकारी वैदेशिक रोजगार विभागलाई दिएको हो । 

सोमबार एचआरडी कोरिया र वैदेशिक रोजगार विभागबीच यस सन्दर्भमा छलफल भएको थियो । उक्त छलफलमा उनीहरुलाई पनि परीक्षामा सामेल गराउने गरी परीक्षाको ढाँचा तय भएको ईपीएस कोरिया शाखाकी कार्यकारी निर्देशक मैयाँ कँडेलले जानकारी दिईन । छलफलमा एचआरडीका निमित्त कार्यकारी प्रमुख, शाखाकी कार्यकारी निर्देशक कँडेल र विभागका महानिर्देशक डण्डुराज घिमिरे सहभागी भएका थिए । 

एचआरडीका निमित्त कार्यकारीले नेपालमा भएको पछिल्लो विषम घटनालाई मध्यनजर गर्दै उनीहरुलाई पनि परीक्षामा सामेल गराउन आफुहरु सहमत भएको जानकारी दिएको कँडेलले बताईन् । नेपाल र कोरियाको दौत्य सम्बन्ध रहेको र आफ्ने देशमा जानका लागि नेपालीहरु उत्साहित हुने भएकाले पनि यसपटक सबैलाई परीक्षामा सामेल गराउन आफुहरु तयार रहेको धारण एचआरडीले व्यक्त गरेको कँडेलको भनाई छ । 

तर, आगामी दिनमा भने उनीहरु यस प्रकारले एकै वर्ष एक भन्दा बढी क्षेत्रमा सामेल नगराउनेमा दृढ भएको उनले जानकारी दिईन् । कँडेलका अनुसार उनीहरुले ३ चरण गरेर परीईक्षा लिने छन् । जसमा एचआरडीले पहिलो चरणमा ४७ हजार जना, दोस्रो चरणमा ८० हजार जना र बाँकी ३६ हजार ९०० जनालाई तेस्रो चरणमा लिइने व्यवस्था गर्न लागेको हो ।

शिप बिल्डिङमा सहभागि भएका करिब २१ हजार र सहभागी नभएका १ लाख ४३ हजार गरी कुल १ लाख ६३ हजार बढीले उत्पादन क्षेत्रका लागि भाषा परिक्षाको आवेदन दिएका थिए । 

कोरियाले एकै वर्ष एक भन्दा बढी क्षेत्रकालागि आवेदन दिन नपाउने नियम लागु गरेसँगै शिप बिल्डिङका लागि भाषा परीक्षामा फेल भएकाहरुले आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलनमा २ जनाको मृत्यु समेत भएको थियो । त्यसपछि अदालतले सबैलाई परीक्षामा सामेल गराउनु भन्दै पौष १३ गते आदेश दियो । सोहि दिन ईपीएस शाखाले पनि सबैलाई आवेदन भर्न सूचना जारी गर्यो । त्यसपछि शिप बिल्डिङमा सहभागी करिब २१ हजार जनाले उत्पादन क्षेत्रकालागि आवेदन दिए । 

तर, उनीहरुले परीक्षा दिन पाउने या नपाउने भन्नेमा ईपीएस शाखा सहित श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालय नै अन्योलमा थियो । उनीहरुले परीक्षा दिन पाउने वा नपाउने भन्ने कुरो कोरियाको हातमा थियो । त्यसबारे मन्त्रालयले कोरियाको राजदूतसँग नै यसबारे छलफल गरेको थियो । 

यस अघि : 

दुई युवा मारिएपछि बदलियो नेपालप्रति कोरियाको धारणा, रोजगारी रोक्ने चेतावनी

कोरिया सरकारले पठाएको यो पत्र, जुन बन्यो २ युवाको मृत्युको कारण !

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved