दुई युवा मारिएपछि बदलियो नेपालप्रति कोरियाको धारणा, रोजगारी रोक्ने चेतावनी

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jan 05, 2024 | 10:32:13 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरिया रोजगारीको विषयलाई लिएर पछिल्लो समय नेपालमा भईरहेको घटनाक्रमप्रति कोरिया सरकारले आफ्नो गम्भीर चासो व्यक्त गरेको छ ।  दैनिक जसो आन्दोलन, प्रदर्शन, जुलुस, अदालतको मुद्दा मामिला, लगायतका कारण कोरिया सरकार दिक्क भएको श्रम मन्त्रालयका उच्च अधिकारीहरुले बताउन थालेका छन् । 

धर्ना जुलुस हुँदा नकारात्मक संदेश गएको र प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएपछि कोरियाले आफ्नो गम्भीर चासो राखेको बताईएको छ । २ जनाको मृत्युको दोष कोरियालाई पनि लगाईएको भन्दै कोरियाले प्रष्ट रुपमा आफ्नो अशन्तुष्टी राखेको मन्त्रालय स्रोतले जनाएको छ ।  यस्तै पछिल्लो समय कामदारका रुपमा कोरिया गएका नेपालीले पनि आन्दोलन गरेको लगायत विषयमा कोरिया शंशाकित भएको स्रोतको दाबी छ । 

यी घटनाबारे मन्त्रालयले नेपालस्थित कोरिया राजदूतावाससँग पनि छलफल गरिसकेको छ । प्राविधिक टिम बनाएर समस्याको समाधान गर्ने दुई पक्षबीच सहमति समेत भएको छ । तर, आगामी दिनमा पनि नेपालीहरुले यस्तै प्रकारको व्यवहार देखाए कोरियाले नेपालीलाई कामदारका रुपमा लैजान बन्देज गर्ने निश्चित रहेको मन्त्रालय स्रोत बताउछ । 

मन्त्रालयले केहि समय अघि छलफलको लागि राजदूतसहितको टोलिलाई मन्त्रालयमा बोलाएको थियो । उक्त समयमा राजदूतले यस पटकलाई भने नेपालीलाई लैजान नरोक्ने र त्यसपछि पुनर्विचार गरिने आशयको धारणा व्यक्त गरेको स्रोतले जनाएको छ । आगामी दिनमा यस्तै व्यवहार दोहोरिएको खण्डमा नेपालीलाई लैजान बन्द गरिने संदेश कोरियाले दिएको छलफलमा सहभागीहरु बताउछन् । कोरियाले कामदार लैजाने देश मध्ये कोरियाले सबैभन्दा धेरै विश्वास नेपालीलाई गर्दै आएको भएतापनि पछिल्लो समयको घटनाले नेपाली प्रति कोरियाले हेर्ने दृष्टि बदलिएको छलफलमा सहभागी एक जनाले बिजपाटीलाई बताए । 

वार्षिक हजारौँ नेपाली युवाहरु वैदेशिक राजगारीका लागि कोरिया जान्छन् । नेपालीहरुको आकर्षक गन्तव्यमध्य एक कोरिया हो । आकर्षक तलब पाउने भएकाले नेपालीहरु कोरिया जान लालायित हुन्छन् । यस बर्ष शिप बिल्डिङका लागि कोरिया भाषा परीक्षा दिनका लागि करिब ३५ हजारले आवेदन दिएका छन् । त्यसैगरी, उत्पादन क्षेत्रका लागि १ लाख ३० हजारको हाराहारीमा आवेदन परेको छ । यो संख्या अझै बढने क्रममा रहेको छ । 

सन् २००७ मा नेपाल सरकार र कोरियाली सरकारबीच जीटूजी सम्झौता भएपछि कोरियाले नेपालबाट श्रमिक लैजान सुरु गरेको थियो । उक्त जीटूजी सम्झौता अनुसार कोरियाले पहिलो पटक सन् २००८ मा नेपालबाट कामदार लगेको हो । जसका लागि कोरियाको भाषा परीक्षामा उत्तिर्ण मात्र भएर पुग्दैन । कोरियाले माग गरेको संख्या भित्र पर्नुपर्ने हुन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved