चैतमा ७१ हजारले लिए श्रम स्वीकृति, १३ हजारसँग छैन सीप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 08:11:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले श्रम स्विकृति लिएका छन् । चैत महिनामा ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला गरी कुल ७० हजार ९३३ जनाले श्रम स्विकृति लिएका हुन् । 

जसमध्ये १३ हजार ३७३ जना अदक्ष (सीप नभएका) श्रमिकले श्रम स्विकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यसैगरी, ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्ध दक्ष, ४८२ जना प्रोफ्रेशनल र ६६ जना उच्च दक्ष भएका श्रमिकले श्रम स्विकृति लिएका हुन् । 

यो महिनामा सबैभन्दा धेरै यूएईका जानका लागि श्रम स्विकृति लिएका छन् । यूएई जानका लागि १७ हजार ८१८ जनाले श्रम स्विकृति लिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved