राष्ट्रिय प्रसारण लाइनमा जोडियो माथिल्लो चाकु विद्युत् आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 09:51:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजीक्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको २२ दशमलव १ मेगावाटको आयोजनाबाट उत्पादित विद्युत्मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। 

नेपाली प्राविधिकद्वारा नै डिजाइन गरिएको यस आयोजना प्रतिमेगावाट २२ करोडको लगानीमा सम्पन्न भएको हो भने हाल पानीको बहाव कम भएकोले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ । 

मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण गरी २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाँघुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यस आयोजनाको हेड ८१५ मिटर रहेको छ । विविध प्राकृतिक प्रकोप (भुकम्प, बाढी, पहिरो) र नाकाबन्धीका कारण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भएपनि निर्माण कार्य सम्पन्न हुन लामो समय लागेको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved