माथिल्लो मोदी ए जलविद्युत आयोजनाद्वारा जग्गा अधिग्रहणको प्रक्रिया सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2021 | 02:38:21 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो मोदी ए जलविद्युत आयोजना (४२ मेगावाट) ले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । आयोजनाले प्रवेशमार्ग निर्माण, सर्ज ट्यांक, अडिट, हेडवर्क्स, मक एरिया लगायतका संरचना  निर्माणका लागि जग्गा अधिग्रहण अघि बढाएको हो । 

शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीले जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना निकालेर कास्को अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक गाउँ आसपासको जग्गा अधिग्रहण गर्न लागिएको बताएकाे छ ।

सोही आयोजनाको क्यास्केड आयोजनाको रुपमा निर्माण माथिल्लो मोदी जलविद्युत आयोजना (१८.२ मेगावाट)  ले सर्ज ट्यांक, अडिट, हेडवर्क्स , पावर हाउस,एक्सेस रोड, क्वारी तथा मक एरिया निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागेको हो । अन्नपूर्ण गाउँपालिका–८ स्थित दाङसिङ गाउँ आसपास पर्ने निजी जग्गाहरु अधिग्रहण गर्न लागिएको जनाएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजनार्थ जग्गा अधिग्रहण गर्न लागिएको जनाइएको छ । ऐनको दफा १० बमोजिम सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सरोकारवाला व्यक्तीहरुले  घरछटहरा, रुखविरुवा, बालीनाली भए सो समेतको क्षतिपूर्ति दाबी गर्न आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धी सबुत निस्साको प्रमाणसहित निवेदन दिन आग्रह गरिएको छ । तोकिएको मिति भित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम अघि बढ्ने तथा पछि कुनै उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख छ । १७ जना व्यक्तिको करिब ९० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ ।

दुवै आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्र्धित तथा निर्माणाधीन छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved