'२० गते मसिन घुमाउँछौ, वैशाख मै अपर तामाकोशीले बिजुली उत्पादन गर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 04:41:27 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटले वैशाख महिना भित्रै विद्युत उत्पादन गर्ने भएको छ। संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिना भित्र नै पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरि तयारी भएको जानकारी गराएका हुन्। 

उनले भने 'माथिल्लो तामाकोशी जलविद्युत आयोजना अहिले चर्चाको विषय बनेको छ । वैशाख भित्रै ७६ मेगावाटको युनिट संचालन हुने सुनिस्चित भएको छ । पेन स्टक पाएप तथा प्रेसर टेस्ट सम्पन्न भएको छ। '

त्यस्तै बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढिलोमा वैशाख १२ गते पानी भरिने, वैशाख २० गते मेसिन घुमाउने र त्यसको १४ दिनपछि जेठ २ गतेबाट विद्युत उत्पादन सुरु हुने बताए । उनले यी सबै कार्य १-२ दिन अगाडी नै सक्ने गरि काम भईरहेकोले वैशाख ३१ गते नै विद्युत उत्पादन हुने बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved