‘अपरतामाकोशीबाट बिजुली बल्नासाथ घरघरमा इन्डक्सन चुल्हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2021 | 10:13:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट बिजुली बल्नासाथ हरेक घरमा विद्युतीय चुल्हो वितरण गरिने बताएका छन् । रामेछापको मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्धघाटन गर्दै मन्त्री ढुंगेलले अपरतामाकोशीबाट बिजुली बल्न थालेपछि इन्डक्सन चुल्हो वितरण गरिने बताएका हुन् ।

‘अपरतामाकोशी विद्युत आयोजना सञ्चालनमा आउने बित्तिकै हामी घर घरमा इन्डक्सन चुल्हो वितरण गर्छौँ’ मन्त्री ढुंगेलले भने, ‘ग्यासबाट बल्ने सिलिण्डर चुल्होलाई विस्थापित गर्ने हाम्रो अभियान छ ।’

सरकारले लिएको समृद्धिको यात्रा देखेर केही मान्छेहरु आत्तिएको टिप्पणी गर्दै उनले बागमती प्रदेश सरकारले प्रदेशभित्र विद्युतीय सवारी सञ्चालनका लागि प्रोत्साहन गरिरहेको र एक दशकभित्र डिजेल पेट्रोलबाट चल्ने सवारी पूर्ण रुपमा हटाउने दाबी पनि गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved