प्राधिकरण पुगेर कुलमान घिसिङले गरे पदबहाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 02:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार दिउँसो प्राधिकरण पुगेर उनले पदबहाली ग्रहण गरेका हुन्  । त्यस अघि उनले उर्जा मन्त्रालय पुगेर नियुक्त पत्र लिएका थिए  । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गर्ने र कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो । सम्मानजनक जिम्मेवारी पाए आफु सरकारले जहाँ भन्यो त्यहि जाने बताएका शाक्यलाई खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी आयोगमा सरुवा गरिएको हो । शाक्यले भने प्राधिकरणका कर्मचारीहरुसंग हिजो नै विदाई भेट गरिसकेका छन् । 

घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। उनी झन्डै ११ महिनापछि सोहि पदमा फर्कन लागेका हुन् ।  घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला उनलाई दोस्रो कार्यकालको लागि नियुक्त गर्न ब्यापक दबाब रहेपनि केपी ओली सरकारले उनलाई निरन्तरता दिएको थिएन । त्यस समय नेकपाको सरकार रहेको तर प्रचण्डले कुलमानलाई नै दोहोर्याउन चाहे पनि ओलीले मानेका थिएनन् । 

नयाँ सरकार गठन भएपछि उनलाई फेरी नियुक्ति दिईएको हो । उनको नियुक्त अघि प्रधानमन्त्री शेर बहादुर देउवाले प्राधिकरणमा घिसिङलाई ल्याउने तयरी गर्न उर्जा मन्त्री भुसाललाई निर्देशन दिएको समाचारहरु बाहिर आएका थिए । ऊर्जामन्त्री प्राधिकरणको संचालक समितिको अध्यक्ष रहने प्रावधान छ। देउवाको निर्देशन संगै मन्त्री भुसालले शाक्यलाई बोलाएर उनको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै राजिनामा दिन आग्रह गरेकी थिईन् । तर शाक्यले भने आफु ४ वर्षको लागि नियुक्त भएकोले राजिनामा दिन अस्विकार गरेका थिए ।  उनले आफुलाई सम्मानजनक रुपमा अर्को जिम्मेवारी दिई जिम्मेवारी पुरा गर्ने तर जबर्जस्ती हटाए त्यो मान्य हुने बताएका थिए । सोहि अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरि खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी विशेष जिम्मेवारी दिएर सरुवा गरिएको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved