निजि क्षेत्रका सबै आयोजनाको पीपीए नगर्ने कुलमानको संकेत, अन्योलमा ७ हजार मेगावाटका योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2021 | 03:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सबै जलविद्युत आयोजनाको खरिद बिक्रि सम्झौता पीपीए नगर्ने संकेत गरेका छन् । आज प्राधिकरणमा पदबहाली गरेपछि आफ्ना भावी योजना र प्राथमिकताबारे बताउदै उनले निजि क्षेत्रको सबै आयोजनाको पीपीए गर्न नसकिने संकेत गरेका हुन् 

उनले कस्तो आयोजनाको पीपीए गर्ने र कस्तोको नगर्ने भन्नेबारे सेलेक्टिभ हुनु पर्ने बताए । उनले पीपीएलाई पारदर्शी बनाउनु पर्ने र पीपीए गर्दा सजग हुनु पर्ने बताए । पीपीएलाई नयाँ मोडलमा लैजानु पर्ने र आवश्यक छलफल गरेर यसमा अगाडी बढ्ने उनको भनाई थियो । तर पीआरओआर आयोजनाहरु भने नेपालको लागि राम्रो हुने भएकोले अब पीआरओआर आयोजनाहरु निर्माण गर्नु पर्ने उनको भनाई थियो । 

यस अघिको कार्यकालमा  कुलमानले निजि क्षेत्रका आयोजनाको पीपीए नगरेको आरोप लागेको थियो । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अनुसार हाल ७ हजार मेगावाट बराबरका आयाजनाहरु विद्युत विकास विभागबाट स्वीकृती लिई पि.पि.ए.को पर्खाईमा रहेका छन् । प्राधिकरणले यी आयोजनाको अबिलम्ब पीपीए गर्नु पर्ने इप्पानको माग रहेको छ । यी सबै आरओआर प्रकृतिका आयोजना हुन् । 

इप्पानले गत साउन १२ गते उर्जा मन्त्री पम्फा भुसाल समक्ष 'नेपालको ऊर्जा विकासमा नीजि क्षेत्र' विषयक अन्तरक्रिया गरेर अबिलम्ब नेपाल विद्युत प्राधिकरणले पि.पि.ए गर्नुपर्ने लगायतका विभिन्न माग राखेका थिए ।

तर नव नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पीपीए गर्दा सेलेक्टिभ हुनु पर्ने बताएपछि यो आयोजनाहरु मारमा पर्ने देखिन्छ । निजि क्षेत्रले आफुले उत्पादन गरेको विजुली प्राधिकरणले खरिद गर्न नसक्ने भए आफुलाई विजुली बिक्रि गर्नको लागि अनुमति दिन समेत माग गरेका छन्  । प्राधिकरणले खरिद गर्न नसक्ने भए आफुले नै खरिदकर्ता खोजेर विद्युत बिक्रि गर्ने तर त्यसको लागि अनुमति दिन उनीहरुले माग गरेका छन् । विद्युत ब्यापारको लागि उनीहरुले छुट्टै कम्पनी समेत खोलिसकेका छन्  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved