सानिमा मिडिल तमोरले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 06:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गते होटेल आकामा धुम्बाराहीमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्ने र त्यसको लागि आवश्यक पर्ने कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका विभिन्न ८ वटा प्रस्ताव पेश हुने छन् ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्त सम्मको वासलात, आ. व. २०७७/७५ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आ. व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने, सञ्चालक समितिद्वारा गठित उपसमितिको बैठक भत्ता निर्धारण गर्ने, कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (Initial Public Offering-IPO) गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने र विविध प्रस्ताव पेश हुने छन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved