दूधकोशी हाइड्रो परीक्षण गर्दा पाइप फुटेर २ जना इन्जिनियरको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 02:42:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३ स्थित निर्माणाधिन ८६ मेगावाटको सोलु खोला दूधकोशी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप पड्किँदा २ जनाको मृत्यु भएको छ ।

आयोजनाको परीक्षणका क्रममा भएको दुर्घटनामा २ जना इन्जिनियरको मृत्यु भएको हो । गम्भीर घाइते भएका मेकानिकल इन्जिनियर अछामका २६ वर्षीया सुवासराज रेग्मी र कन्सल्टेन्ट इन्जिनियर काभ्रेका २९ वर्षीया अर्जुन थापाको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार वाइल्डिङ गरेको ठाउँमा पानीको प्रेसर थाम्न नसकेर पाइप फुट्दा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर घाइते भएका मोहम्मद जाबी अख्तर राइनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा ल्याइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved