प्राधिकरणको विद्युत वितरण प्रणाली अस्तव्यस्त, ८ लाख यूनिट बिजुलीको आपूर्तिमा समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 05:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्षा र हिमपातका कारण नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली अस्तव्यस्त बनेको छ । वर्षा र हिमपातका कारण देशभर चिसो बढेपछि वितरण प्रणालीमा समस्या आएको हो । 

बिहीबारदेखि चट्याङ सहितको वर्षासँगै विद्युत आपूर्तिमा देशभर समस्या आएको हो । बिहिबार रातीदेखि परेको पानी शुक्रबार दिनभर पनि नरोकिएपछि प्राधिकरणको वितरण लाइनमा समस्या आएको हो ।

विद्युत प्राधिकरणका अनुसार काठमाडौँ उपत्यका सहितका देशका विभिन्न ठाउँमा विद्युत आपूर्तिमा अवरोध आइरहेको छ । आपूर्ति प्रणालीमा अवरोध आएपछि ८ लाख यूनिटभन्दा बढी विद्युत ऊर्जा वितरण हुन सकेन ।

करिब महिना दिन अघि समस्या आउँदा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा समस्या नआउने गरी समस्या समाधान गरिएको दाबी गरेपनि पुनः वितरण प्रणाली अस्तव्यस्त बनेको हो । 

विद्युत प्राधिकरणका अनुसार बिहीबरको विद्युत माग १६ सय ११ मेगावाट थियो । तर, रातीदेखि नै विभिन्न ठाउँमा ट्रान्सफरमरमा समस्या आउन थालेपछि माग बढ्न नसकेपनि प्रणालीमा भएको विद्युतबाट ८ लाख यूनिट विद्युत आपूर्ति हुन नसकेको हो ।

देशभर २ करोड ९५ लाख ७३ हजार यूनिट विद्युत माग रहेको भएपनि यसमा ८ लाख यूनिट विद्युत आपूर्ति गर्न नसकिएको प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved