एचआईडिसीएलको सहायक कम्पनीले बनाउने घुन्सा खोला आयोजनाको लागि एनएमबि बैंकले स्रोत जुटाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 11:44:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक र रेमिट हाइड्रो लि. बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत आयोजना रेमिट हाइड्रो लि. द्घारा प्रवद्र्घित आयोजना हो ।

रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ । एनएमबि बैंकले समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिनेछ । घुन्सा खोला जलविद्युत आयोजनाको कुल लागत रु.१८ अर्ब २५ करोड रहने जानकारी गराईएको छ । एनएमबि बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  

रेमिट हाइड्रो एचआईडिसिएलको सहायक कम्पनी हो । रेमिट हाइड्रोमा एचआईडिसीएलको ५१ प्रतिशत लगानी रहने छ । ४९ प्रतिशत लगानी भने सर्वसाधारणको रहने छ ।  जसमा १० प्रतिशत आम सर्वसाधारणलाई , १० प्रतिशत आयोजना प्रभावितलाई र बाँकि २९ प्रतिशत नेपालमा रेमिटेन्स पठाउने रेमिटकर्ताको हुने उल्लेख छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved