एमसीसी अनुमोदनको इप्पानद्वारा स्वागत, उर्जा क्षेत्रको विकासमा ऐतिहासिक योगदान पुग्ने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 03:56:11 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएकोमा त्यसको स्वागत गरेको छ । विभिन्न आरोह–अवरोह पार गर्दै १२ बँुदे ब्याख्यात्मक घोषणासहित सार्बभौम संसदबाट अनुमोदन भएकोमा इप्पानले स्वागत गरेको हो  ।

संसदबाट अनुमोदन भएको यो परियोजना तत्काल कार्यान्वयनमा लैजान इप्पानले नेपाल सरकारसँग आग्रह गरेको छ । इप्पानले भनेको छ 'यो उर्जा क्षेत्रको बहुप्रतिक्षित परियोजना हो । संसदबाट यो परियोजनाको अनुमोदनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा रहेको उर्जा क्षेत्रमा थप लगानीको वाताबरण सिर्जना भएको हुदा आगामी दिनमा उर्जा क्षेत्रको विकासमा ऐतिहासिक योगदान पुग्ने हाम्रो विश्वास छ । मुलुकको समग्र उर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रुपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने छ भन्ने इप्पानको ठहर छ । साथै यस परियोजनाले पूर्बाधार निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएर मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने छ । '

यो अनुदान परियोजनाले नेपाल र अमेरिकाबिचको आर्थिक कुटनीतिक सम्बन्ध नयाँ शिराबाट विकसित भई आगामी दिनहरुमा यस्ता सहायता परिचालन थप प्रगाढ बन्ने इप्पानले विश्वास गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved