संरक्षण क्षेत्र भित्र हाइड्रोलाई परेको समस्याबारे इप्पान र प्रकृति संरक्षण कोषबिच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 08:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संरक्षण क्षेत्र भित्र जलविद्युत आयोजनाहरुलाई परेको समस्याबारे स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र प्रकृति संरक्षण कोषबिच छलफल भएको छ । आज शुक्रबार  गौरीशंकर संरक्षण क्षेत्र आयोजनालगायत मुलुकका विभिन्न संरक्षण क्षेत्र तथा निकुन्जहरुले आफ्नो क्षेत्रमा  पर्ने जलविद्युत आयोजनाहरुको भौतिक निर्माण कार्य र प्रवेशमा रोक लगाएपछि उत्पन्न समस्याको समाधानका लागि इप्पान र  कोषबिच छलफल भएको हो।

छलफलमा संरक्षण क्षेत्रहरुको उचित ब्यबस्थापन गर्दै जलबिद्युत आयोजनाहरु सुचारु गर्ने र अहिले देखिए जस्ता समस्या दोहोरिन नदिन दुबै पक्षबिच समय–समयमा समन्वय, सहयोग र सहकार्य आवश्यकता रहेको कुरामा जोड दिइएको इप्पानले जनाएको छ। 

गौरीशंकर लगायतका संरक्षण क्षेत्रहरुमा जलबिद्युत परियोजनाहरुमाथि आइपरेको समस्या समाधान गर्न ईप्पानका उपाध्यक्ष गणेश कार्कीको नेत्तृत्वमा कार्यसमितिका सदस्यहरु प्रकाशचन्द्र दुलाल, उत्तम ब्लोन लामा उर्जा उद्यमीहरुसहित प्रकृति संरक्षण कोषको कार्यालय खुमलटार पुगेका थिए । छलफलमा उपाध्यक्ष कार्कीले तत्काल समस्या समाधानको लागि इप्पानको तर्फबाट पत्र बुझाएका थिए । छलफलमा कोषका तर्फबाट सदस्य सचिव  शरद अधिकारी, डा. मनिष पाण्डे,  डा. चिरन्जीबी पोखरेललगायतका उच्च अधिकारीहरु संलग्न थिए ।

छलफलमा ईप्पानले सम्बन्धित आयोजना प्रमुखले आफ्नो क्षेत्रमा निर्माणाधीन जलबिद्युत आयोजनासँग कुनै छलफल र अनुगमन नगरी सबै आयोजनाहरुलाई अचानक एउटै ब्यहोराको पत्र काटेर भौतिक निर्माण कार्यमा रोक लगाउनु गलत भएको बारे सदस्य सचिवको ध्यानाकर्षण गराएको छ । 

त्यहाँ रहेको अनुगमन समितिलाई पनि सक्रिय नबनाउने, संरक्षण क्षेत्र आफैले पनि सम्बन्धित बिद्युत आयोजनालाई सम्झौता अनुसारको कार्यप्रगतिका बारेमा जानकारी लिन छलफलको लागि नबोलाउने र हठात पत्र काटेर काम रोक्न निर्देशन दिदा उद्यमीहरु हतोत्साहित हुनुको साथै परियोजना निर्माणमा गम्भीर बाधा उत्पन्न भएकाले यस्ता कार्य तत्काल बन्द हुनुपर्ने इप्पानको माग छ ।

छलफलमा सदस्य सचिव शरद अधिकारीले अनुगमन समिति सक्रिय बनाएर त्यस्त समस्या समाधान गर्न कोष तयार रहेको र आगामी दिनमा ईप्पान र कोष मिलेर बिकास र बाताबरण संरक्षण दुबै कार्यलाई सँगसँगै अघि बढाएर उदारहणीय काम गर्न आफू इच्छुक रहेको बताएका छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved