२५ वटा हाइड्रोको आईपिओलाई तत्काल निष्काशन अनुमति दिन इप्पानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 04:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानले जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेको छ । ईप्पानले आज आइतबार  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेटेर २५ ओटा जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन लिखित माग गरेको हो ।

आइपीओको अनुमतिका लागि बोर्डमा  आवेदन दिएर पाइपलाइनमा रहेका २५ ओटा जलविद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले लामो समय भइसक्दा पनि अनुमति नदिएपछि इप्पानले नवनियुक्त अध्यक्ष हमालसँग भेट गरी यस्तो माग गरेको हो ।  पाइपलाइनमा रहेका जलविद्युत कम्पनीहरुलाई आइपीओको तत्काल अनुमति दिन लिखित माग लिएर इप्पानका तर्फबाट कार्यसमिति सदस्य उत्तम ब्लोन लामा र प्रकाशचन्द्र दुलाल सहित एक दर्जनभन्दा बढी उर्जा उद्यमी बोर्ड कार्यालय खुमलटार पुगेका थिए । जलविद्युत कम्पनीहरुको आइपीओको सम्बन्धमा बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीररुपमा प्रभावित भएको बारेमा ईप्पानका कार्यसमिति सदस्य लामा र दुलालले अध्यक्ष हमालको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले  आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नु पर्ने अवस्था श्रृजना भएको पनि अध्यक्ष हमाललाई जानकारी गराएका छन् ।आयोजनाहरुको काम यसरी प्रभावित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको  इप्पानले उल्लेख गरेको छ ।

त्यस्तै आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु पनि गम्भीर रुपले प्रभावित हुने इप्पानले उल्लेख गरेको छ । सो अवसरमा उर्जा उद्यमी गुरुप्रसाद न्यौपानेसहितले आइपीओ रोकिदा आयोजनाहरुलाई परेको समस्या र सेबनसँगको अपेक्षाका बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

ईप्पान र उर्जा उद्यमीहरुको धारणा सुनेपछि बोर्डका नवनियुक्त अध्यक्ष हमालले बोर्ड र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकाल कार्यक्षमता पूर्णरूपमा प्रयोग गर्ने बताउँदै जलविद्युत क्षेत्रको आईपीओको समस्या तत्काल समाधान गर्ने पनि प्रतिबद्धता जनाएको इप्पानले उल्लेख गरेको छ।  पुँजीबजारको बिकास, विस्तार र विश्वसनीयताका लागि जलविद्युत क्षेत्रको साथ र सहयोग आवश्यक हुने भन्दै उनले यो क्षेत्रको निरन्तर सहयोगको आग्रहसमेत गरेका छन्।

सो अबसरमा ईप्पानले  बोर्डको अध्यक्ष नियुक्त भएकोमा हमाललाई बढाई ज्ञापन गरेको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved