विद्युत नियमन आयोगको सदस्यमा डंगोल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 02:43:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगको रिक्त रहेको सदस्य पदमा गौतम डंगोल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ललितपुर महानगरपालिका वडा नम्बर २७ निवासी डंगोललाई आयोगको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । 

आयोगका सदस्य डा. राम प्रसाद धितालले राजिनामा दिएपछि रिक्त रहेको पदमा डंगोललाई नियुक्त गरेको हो । सरकारले सबै पदाधिकारीलाई बर्खास्त गर्ने तयारी गरेपछि डा. धितालले राजिनामा दिएका थिए । 

आयोगका अध्यक्ष डिल्ली बहादुर सिंह, तथा सदस्यहरु भागीरथी भट्टराई र रामेश्वर कलवारलाई सरकारले बर्खास्त गरेको थियो । तर सर्वोच्च अदालतले उनीहरुलाई हटाउने निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ । 

छानविन समितिको सिफारिसमा सरकारले अध्यक्ष दिल्लीबहादुर सिंह, र सदस्यद्वय रामेश्वर कलवार तथा भागीरथी ज्ञवालीलाई बर्खास्त गरेको थियो  ।  उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत नियमन आयोगका अध्यक्ष र सदस्यहरुमाथि छानविन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेकाे थियो । समितिका सदस्यहरुमा  पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे थिए ।  आयोगका अध्यक्ष सिंह र अन्य सदस्यहरुलाई केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । 

अदालतले अन्तरिम आदेश दिएपछि आयोगमा नयाँ सदस्य चयन पक्रिया पनि रोकिने भएको छ  । सरकारले उनीहरुलाई बर्खास्त गरेर नयाँ पदाधिकारी चयनको लागि सूचना जारी गरिसकेको थियो  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved