भारतबाट बिजुली नआउँदा नेपालका केहि स्थानमा लोडसेडिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 01:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट बिजुली नआउँदा नेपालका केहि स्थानमा लोडसेडिङ सुरु भएको छ । भारतीय बिजुली महंगो भएको भन्दै नेपालले भारतबाट बिजुली खरिद नगरेपछि नेपालमा विद्युत आपूर्ति सन्तुलन बिग्रिएको हो ।

नेपालले भारतसँग इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्फत् प्रतिस्पर्धाको आधारमा मूल्य बिड गरेर बिजुली खरिद गर्दै आएको थियो । तर मंगलबार राति भारतको बिजुलीको दर महँगो भएको र नेपालले कबुल गरेको भन्दा बढी मूल्य अरुले नै कबुल गरेको कारण नेपालले बिजुली किन्न नसकेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार यस अघि नेपालले भारु ८/९ रुपैयाँमा बिडिङ गरेर बिजुली किनिरहेको थियो । तर अहिले बिजुलीको औसत मूल्य प्रति युनिट भारु ११ रुपैयाँ २२ पैसासम्म पुगेको र नेपालले बुधबार दिनभरिको लागि बिड गरेको मूल्यमा  बिजुली नपाएको उनले बताए। उनका अनुसार इन्डियन इनर्जी एक्सचेन्जमा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनमा ९६ वटा फरक–फरक मूल्यमा प्रतिस्पर्धा गर्नुपर्छ । उच्चतम मूल्य भने भारु २० रुपैयाँ अर्थात् नेपाली ३२ रुपैयाँसम्म पुगेको छ ।  

भारतबाट आउनु पर्ने ४०० मेगावाट बढी बिजुली नपाएपछि प्राधिकरणले उद्योगहरुमा विद्युत कटौती अर्थात् लोडसेडिङ गरेको छ । आलोपालो गरेर विजुली दिईएको प्राधिकरणले जनाएको छ । जसका कारण  बुधबार राति देखि नै भैरहवा, वीरगंज र विराटनगर क्षेत्रका ठूला  उद्योगमा बिजुली नियमित छैन ।  

भारतले मुख्यत  कोइलाबाट बिजुली उत्पादन गर्दै आएको छ। रुस र युक्रेन युद्धको असरले कोइलाको मूल्य बढेपछि त्यसको असर बिजुलीको मूल्यमा परेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved