मध्य मेवा जलविद्युत आयोजनामा एचआईडीसीएलले २० प्रतिशत शेयर लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 11:06:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मेवा डेभलपर्स र एचआईडीसीएलबीच स्वपुँजी लगानी सम्झौता भएको छ ।  उर्जा डेभलपर्सको सम्बद्ध संस्था मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङ जिल्लामा निर्माण गरिरहेको मध्य मेवा जलविद्युत आयोजनामा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले २०% इक्विटी लगानी गर्ने भएको हो।

२ कम्पनीबीच बुधबार स्वपुँजी लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा निर्माणको चरणमा रहेको मध्य मेवा सुख्खायाममा ६ घण्टासम्म Peaking Run-of-River (PROR) प्रारुपमा सञ्चालन गर्न सकिने आयोजना हो। उक्त आयोजना ४९ मे.वा जडित क्षमताबाट वृद्धि भई ७३.५ मे.वा क्षमताको हुने भएको छ । सन् २०२३ को अक्टोबर सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाले निर्माण सम्पन्न भएपश्चात वार्षिक ४३२ गिगावाट-घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा योगदान गर्नेछ ।

कार्यक्रममा बोल्दै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले सार्वजनिक-नीजि सहकार्यको अवधारणा अनुरुप मेवा डेभलपर्स र मेवा डेभलपसले एचआईडीसीएलप्रति गरेको विश्वासका लागि आभार प्रकट गरे । यस आयोजनाबाट शुरु भएको सहकार्यले एचआईडीसीएल र उर्जा डेभलपर्ससंग सम्बद्ध भई जलविद्युत क्षेत्रमा. थप सहकार्य गर्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै आयोजना निर्माणको कार्य समयभित्र सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे । साथै, आयोजना विकाससंग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरुमा सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसैगरी, मेवा डेभलपर्सका अध्यक्ष विजय बहादुर राजभण्डारीले कम्पनीको उद्देश्य अनुरुप आयोजनाको निर्माण कार्य सुचारु भइरहेको र उच्च गुणस्तर कायम गर्दै निर्धारित समयभित्र आयोजनाको निर्माण सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे। उनले जलविद्युत आयोजनाको दीगो बिकास गर्ने उर्जा डेभलपर्सको उद्देश्यमा एचआईडीसीएलको स्वपूजी लगानीले सार्वजनिक-नीजि अवधारणामा आगामी दिनहरुमा ठूला जलविद्युत आयोजनाहरुमा सहकार्य गर्न उत्साह प्रदान गरेको बताउदै सोका लागि एचआईडीसीएलप्रति आभार व्यक्त गरे  ।


कार्यक्रममा पूर्वमन्त्री बसन्त कुमार नेम्वाङ्गले सार्वजनिक-नीजि अवधारणामा मेवा डेभलपर्स र एचआईडीसीएलले नयाँ शुरुवात गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस आयोजनाको सफलताप्रति आफु विश्वस्त रहेको बताए। साथै, एचआईडीसीएलले तमोर नदीमा पहिचान गरेका अन्य आयोजनाहरु पनि छिटो सम्पन्न गर्ने आशा व्यक्त गर्दै सोका लागि आफनो तर्फबाट सम्पूर्ण सहयोग प्रदान गर्ने बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved