हाइड्रो एक्स्पो अवलोकन गर्नेलाई विद्युतीय चुलो, रोबोटिक कम्पिटिशन मुख्य आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 05:28:58 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुन लागेको तेस्रो संस्करणको  हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । आयोजकले आज पत्रकार सम्मलेन गरेर सबै तयारी पुरा भएको जनाएको हो ।

यस एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले चैत्र १९ गते दिउसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिद्युतको आन्तरिक बजारलाई प्रबद्र्धन गर्न बिद्युतीय सवारी साधनको प्रयोगलाई अभियानका रुपमा अघि बढाउन नेपाल सरकारले बिशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले इपानले विद्युतीय गाडीको र्याली पनि आयोजना गरेको छ । काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर र्याली समापन हुनेछ । फर्पिङ जलविद्युत आयोजनामा ¥यालीका सहभागीहरुलाई पर्यटनमन्त्री माननीय प्रेम आलेले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । 

 एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आइएफसीलगायतका संघ, संस्थाहरुले प्रायोजन गरेको छ । इपानका अनुसार एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने छन् । साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघको एक्स्पोलाई सहयोग रहेको छ ।

Creating Markets for Nepal's Hydropower भन्ने नाराका साथ आयोजना गरिएको यस हाइड्रो एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा बृद्धि गर्न र बिदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने छ भन्ने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावर सम्वन्धी बिषयगत ६ वटा भन्दा बढी टेक्निकल सेसन संचालन तथा अन्तरक्रिया सन्चालन गरिने कार्यक्रम तय गरिएको छ । 

यस एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत सय वटा भन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा बिदेशी स्टलसमेत रहेका छन । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने छ ।

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने छ । त्यस्तै हाइड्रो पावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भनी Drone Video Making Competition समेत आयोजना गरिने छ ।  

 यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोे पावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने  आयोजकको बिस्वास छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा हुनेछ । 

एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको इपानले जनाएको छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास इपानको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अबलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट बिद्युतीय चुलो बितरण गरिने छ । यस एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने हामीले अपेक्षा इपानको रहेको छ । 

एक्सपो चैत १९ देखि चैत्र २१ गतेसम्म चल्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved