सोलु कोरिडोरमा पर्ने घरजग्गाको क्षतिपूर्ति दर निर्धारण, क्षतिपूर्ति पाउन आवेदन दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 09:47:13 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोलु कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजनाको प्रसारण लाइनको मार्गाधिकार (Right of Way) मा पर्ने घर जग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरेको छ। संरचनाहरूको क्षतिपूर्ति दिन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/१०/०६ को निर्णय बमोजिम गठित क्षतिपूर्ति निर्धारण समितिको मिति २०७८/१२/१९ गतेको बैठकको निर्णय बमोजिम क्षतिपूर्ति निर्धारण गरेको हो ।

आयोजनाले ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं. ३, ५, ६, ७, ८ र ११ तथा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४, ५. ६, ७ र ९ क्षेत्रमा प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ ९ मिटर र बायाँ ९ मिटरभित्र प्रसारण लाइनको मार्गाधिकार (Right of Way) भित्र परेको घर, जग्गा तथा अन्य संरचनाहरूको क्षतिपूर्ति  निर्धारण गरेको हो ।

आयोजनाले क्षतिपूर्ति पाउनको लागि निवेदन दिन आग्रह गरेको छ  । आयोजनाका अनुसार  जग्गाको कित्ता नं. र क्षतिपूर्ति रकमको पूर्ण विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नापी कार्यालय र मालपोत कार्यालयमा टाँस गरिएको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सरोकारवाला व्यक्तिले क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धित आवश्यक निस्सा प्रमाण र स्थानीय तहको सिफारिस सहित सम्बन्धित वडामा (वडा मार्फत आयोजनाले निवेदन सङ्कलन गरी क्षतिपूर्ति उपलब्ध गराउने) रीतपूर्वक निवेदन दिन आयोजानले आग्रह गरेको छ। तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेमा कानून बमोजिम हुने र पछि कुनै उजुर नलाग्ने आयोजनाले प्रष्ट पारेको छ।

यो प्रसारण लाइन नेपाल सरकार र भारतीय निर्यात/आयात बैंकको ऋण लगानीमा सञ्चालित नेपाल सरकारको प्राथमिकता (P1) प्राप्त आयोजना आयोजना हो। आयोजनाको प्रसारण लाइन सिरहा जिल्लाको मिर्चेयादेखि सोलुखुम्बु जिल्लाको तिङ्लासम्म १३२ के.भी. प्रसारण लाइन निर्माण गरी उक्त प्रसारण लाइन राष्ट्रिय ग्रिडमा जोडिने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved