उद्योगलाई बिजुली दिनै नसक्ने अवस्थामा प्राधिकरण, ५ बजेबाट औद्योगिक लोड शुन्य पारियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2022 | 05:55:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई तत्काल औद्योगिक लोड अनुसारको बिजुली दिन नसकिने जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख तथा प्रवक्ता सुरेश भट्टराईले उद्योगहरुलाई तत्काल बिजुली दिन नसकिएको बताएका हुन् । 

उनका अनुसार प्राधिकरणले साँझ ५ बजेदेखि उद्योगहरुको औद्योगिक लोड शुन्य गरेको छ र लाईटिङ लोड मात्र दिएको छ । अर्थात् उद्योगहरुले बिजुली बाल्न पाउने छन् तर उत्पादन गर्नको लागि भने बिजुली हुने छैन ।

उनले फलाम र सिमेन्ट उद्योगलाई १ घण्टा अगाडी नै जानकारी दिएर लोड कटौती गरिएको जानकारी दिए । फलाम र सिमेन्ट उद्योगलाई प्रोसेसीङ बन्द गर्न समय लाग्ने भएकोले १ घण्टा अगाडी नै जानकारी दिईएको छ । अन्य उद्योगको हकमा पनि सबै उद्योगहरुलाई मौखिक जानकारी दिएको उनले बताए  ।

उनले भने 'हामीले सबै उद्योगहरुलाई मौखिक रुपमा जानकारी दिएका छौ, उहाँहरु पनि अहिले विषम परिस्थितिबारे जानकारी हुनुहुन्छ, बिजुली नै नभएर नदिएको हो, यो उहाँहरुले पनि बुझ्नु भएको छ'  ।

उद्योगहरुले तालिका मागेको विषयमा  भने उनले जानकारी दिईसकेकोले तालिका आवश्यक नपर्ने बताए  । उनले भने ' औद्योगिक लोड शुन्य पारेका छौ, यसको जानकारी गराएका छौ'  ।

भारतमै कोइला अभावका कारण कम विद्युत उत्पादन भएकोले अहिलेको समस्या आएको उनले बताए  । उनले भने ' हामीले बिजुली खरिद गर्न खोज्दा पनि पाएका छैनौ, भारत मै बिजुली अभाव छ, भारत कै कतिपय स्थानमा लोडसेडिङ छ, अहिले बिजुली खरिद गर्न पनि नपाएको अवस्था हो  ।' 

उनका अनुसार नेपाल मै बिजुली उत्पादन नबढेसम्म उद्योगलाई बिजुली दिन सकिने अवस्था छैन  । उनले भने ' नेपालमा वर्षात भएर विजुली उत्पादन बढ्यो भने धेरै सहज हुने छ , तर वर्षात नभएसम्म समस्या नै हुन्छ  । ' उनले यसको लागि अब प्रधानमन्त्री तहबाट भारतसँग कुतिनितिक पहल गरेर भारतबाट थप बिजुली ल्याउन सकेमा पनि समस्या केहि हाल हुने विश्वास लिएका छन्  । 

घरायसी ग्राहस्थ वर्गमा भने विजुली कटौती नगरिएको र नगरिने उनले प्रष्ट पारेका छन्  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved