रामेछापको एक वडाले उपभोक्ताको विद्युत महसुल तिरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 03:12:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको लिखुतामाकोसी गाउँपालिका–२ सैपुका उपभोक्ताको न्यूनतम विद्युत महसुल वडा कार्यालयले भुक्तानी गर्ने भएको छ। 

बुधबार बसेको नवनिर्वाचित जनप्रतिनिधिको बैठकले न्यूनतम ५ एम्पीयर क्षमताको मिटरबाट विद्युत उपभोग गरिरहेका र मासिक न्यूनतम विद्युत महसुल खपत गरेका वडाबासीको विद्युत महसुल वडा कार्यालयले नै भुक्तानी गर्ने निर्णय भएको वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । 

‘वडा कार्यालयले आगामी आर्थिक वर्ष ०७९–८० को योजना तर्जुमा बैठकमा न्यूनतम विद्युत महसुल वडाभित्रका ५ एम्पीयर विद्युत जडान गरी प्रयोग गरिरहेका र मासिक न्यूनतम विद्युत महसुल खपत गरेका वडाबासीको न्यूनतम विद्युत महसुल वडाबाट नै भुक्तानी हुने गरी गाउँसभामा पेश गर्ने निर्णय भएको छ’ उनले भने, ‘यसबाट गरिब, विपन्न समुदाय र कम विद्युत खपत गरिरहेका वडाबासी बढी लाभान्वित हुनेछन्।’

यसैगरी बैठकले एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने भएको छ। सैपुमा एम्बुलेन्स नभएको हुँदा लिखु–३ जलविद्युत आयोजना (स्वेत गंगा)सँग समन्वय गरेर एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। बैठकले सैपुको स्वास्थ्य चौकीको रिक्त दरबन्दी पहिचान गरी कर्मचारी माग गर्ने निर्णयसमेत गरेको छ। यसैगरी वडाभित्रका विद्यालयबाट गुणस्तरीय शिक्षाका लागि आवश्यक छलफल गरी योजना तर्जुमा गर्ने भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved